विराटनगरका पत्रकार पौडेलको उपचारमा स्पार्कको एक लाख सहयोग

विराटनगरका पत्रकार पौडेलको उपचारमा स्पार्कको एक लाख सहयोग

विराटनगर । विराटनगरका क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारका लागि स्पार्क हेल्थ होम अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

२८ औं वार्षिकोत्सवको कार्यक्रममा लाग्ने खर्च बराबरको रकम अस्पतालले पत्रकार पौडेलको उपचारका लागि सहयोग गरेको हो । अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने गरेकोमा यसपटक सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरिएको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताए ।

लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुख हुन् । उनी हाल सिभिल अस्पतालमा उपचाररत छन्। अस्पतालका निर्देशक रुपेश अधिकारीले सामाजिक उत्रदायित्व अन्तर्गत अस्पतालले पत्रकार पौडेलको उपचारका लागि सहयोग गरेको बताए । वाषिकोत्सव कार्यक्रममा स्पार्क अस्पतालमा १२ वर्षदेखि कार्यरत क्यान्सरका बिरामी काजी महर्जनलाई पनि ५० हजार सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्