मोरङको घटना :सामूहिक बलात्कारको दोषी ठहर व्यक्ति , १४ वर्षपछि पक्राउ

मोरङको घटना :सामूहिक बलात्कारको दोषी ठहर व्यक्ति , १४ वर्षपछि पक्राउ

विराटनगर । सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका छन् ।

घटना भएको १४ वर्षपछि उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । घटनापछि फरार रहेका उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो ।

घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए । घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए ।

विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतमा सूचना अधिकारी युवराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्