विराटनगरमा यस्तो पनि भेटियो सडकका खुल्ला चौपायसँग मायाप्रेम बसेपछि (भिडियो सहित)

विराटनगरमा यस्तो पनि भेटियो सडकका खुल्ला चौपायसँग मायाप्रेम बसेपछि (भिडियो सहित)

प्रेम देवान
विराटनगर । सुन्दा अचम्म पनि लाग्न सक्छ तपाईलाई । सडकमा छाडिएका खुल्ला चौपायसँग मानिसको माया प्रेम भन्दा । माया प्रेम मानिससँग भएको थाहा पाउदै आएका थियौ । तर कमिला र मछडलाई समेत माया गर्ने मान्छे हुदा रहेछन् भन्दा साह्ै अचम्म लाग्छ होला ।

भिडियो यस्तो छ:

https://www.youtube.com/watch?v=GOh_1rfYksM&t=342s

यस्ता कुराहरु हामी अन्यदेशका रोचक प्रसङ्गमा सुन्ने गरेका छौ अनि सामाजिक संजालमा पढ्ने गरेका पनि छौँ । अरुले हेला गरेर सडकमा छाडेका जिव जनावारलाई माया गर्ने मान्छे धेरै टाढा जानै पर्दैन हाम्रै विराटनगरमा भेटिएको छ । हो जो कोहीले कुनै जनवारलाई घाईते अवस्थामा देख्यो भने नदेखे झै गर्दै हिड्ने गर्छन् । सडकमा कुनै कुकुर , विरालो , सुगुर , गाई विरामी भएर घाईते अवस्थामा छ भने हामी कुनै वास्ता नै गर्दैनौ । तर विराटनगरकी एक महिला छिन् जसले सडकमा घाईते अवस्थामा छटपटाईरहेको धेरै जनवारको उपचार गरेर रेखदेख गर्दै आएकीछिन् । सडकमा छाडिएका जनवारहरु मानिस सरह जस्तै लाग्ने उनी बताउछिन् ।

मात्र उनीहरुको आवाज बाहिर आउन सक्दैन त्यतीमात्र फरक हो उनको बझाई छ । एक बर्ष भन्दा बढी समयदेखी यो अभियानमा जुटेकी महिला हुन् विराटनगर जलजला चोक रंगेली रोडमा बस्दै आएकी ४० बर्षिया मनिसा अग्रावाल (मुन्की) । उनलाई जनवारको आवाज विहीनको आवाज बन्ने शोख छ । सडकमा खुल्ला छाडिएका चौपाय घाईते देख्ने वित्तिकै उनी भेटनेरी सम्म पुर्याएर उपचार गर्छिन । उनले केही समय अगाडी सडकमा घाईते अवस्थामा भेटिएका गाईको बाछा सुगुर र कुकुरको उपचार गराईस के की छिन् ।

अहिले ती जनवार बाचेका छन् । उनी जनवारको उपचार मात्र हैन दैनिकी विहानदेखी बेलुकी सम्म नै खाना र पानी खुवाउने काम गर्छिन । विहान ४ बजे नै उठ्छिन आफ्नी छोरीसँग । उनी विहानै मनिङ्गवाकमा निस्कदा उनी विहानी भेटिएका कुकुरहरुलाई रोटी विस्कुट लिएर निस्कनछिन् । कुनै बेला सडकमा घाईते भएर उनले बचाएका ती जनवारहरु उनलाई खोज्दै उनको पसल सम्म आउने गरेका छन् । उनी आएका जनवारलाई घरबाट ल्याएका खाना पानी दिने गरेछिन् । कुृकुर कै लागी भनेर औषधीहरु पनि उनले आफ्नो पसलमा राखेकी छिन् ।


उनलाई कहिले काही साह्ै दुख लाग्ने गर्दछ । उनले त्यसरी कुकुहरुलाई माया गरेको देखेर यो त पागल भइछे सम्म भन्न भ्याए । तर पनि उनले आफ्नो पशुपक्षीलाई माया गर्नुपर्ने दायित्वबाट भने पछि हटिनन् । उनको अब एउटै उदेस्य छ यसरी छाडिएका खुला चौपायलाई कतै व्यावस्थापन गर्न पाए धेरै खुशी लाग्ने बताउछिन् । दिनमा ३ किलो दुध , चामल , पिठो , १० प्याकेट ब्रेड , विस्कुट, फलफुल लगायत ती जनवारलाई किनेर खुवाउने गर्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्