न्युजिल्यान्डसँग भारतको लज्जास्पद हार , भारत १० विकेटले पराजित

न्युजिल्यान्डसँग भारतको लज्जास्पद हार , भारत १० विकेटले पराजित

एजेन्सी । भारत घरेलु टिम न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा पराजित भएको छ । भारत न्युजिल्यान्डसँग सोमबार १० विकेटले पराजित भएको हो । विलिङटनमा टेस्टको चौंथो दिन भारतले हार व्यहोर्नुपरेको हो ।

पहिलो टेस्टमा खराब प्रदर्शन गरेको भारतले दिएको ९ रनको लक्ष्य न्युजिल्यान्डले दोस्रो ओभर नसकिँदै पूरा ग¥यो । दोस्रो इनिङ्समा न्युजिल्यान्डका टम लाथम ७ तथा टम ब्लुन्डेल २ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १६५ रन बनाएको थियो । न्युजिल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ४८ रन बनाएको थियो । त्यसपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत अलआउट हुँदै १९१ रनमा समेटियो । जसको कारण न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो । भारतका मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अजिंका रहानेले २९ तथा ऋषभ पन्तले २५ रन बनाए ।

भारतलाई सस्तैमा समेट्न टिम साउथीले ५ तथा ट्रेन्ड बोल्टले ४ विकेट लिए । जतसँगै २ खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्