‘कमेडी च्याम्पियन’बाट बाहिरिए विष्णुप्रसाद, ग्रान्ड फिनालेमा सुमन, हिमेश र खड्गबहादुर

‘कमेडी च्याम्पियन’बाट बाहिरिए विष्णुप्रसाद, ग्रान्ड फिनालेमा सुमन, हिमेश र खड्गबहादुर

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । सुमन कोइराला र खड्गबहादुर पुन ग्रान्ड फिनालेमा पुग्दा विष्णु बाहिरिएका निर्णायक मध्येका एकले जानकारी दिए । यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ ।

२६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा यस अघि नै पुगिसकेका छन् । ग्रान्ड फिनालेमा सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुनलाई देखिने छ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरिरेहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्