विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

विराटनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ विराटनगर र करुणा फाउण्डेसन नेपालसंगको सहकार्यमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

सोमबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, राष्ट्रिय अपाङ्ग महासंघकी अध्यक्ष पार्वता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार, तथा अपाङ्गता न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा कार्ययोजना सम्बन्धी विषयमा प्रस्तुतीकरण एवम् छलफल भएको थियो ।
अपाङ्गता न्यूनिकरणको लागी तीन वर्षिय कार्ययोजना बनाइएको र उक्त कार्यक्रम चार चरणमा गरिने कार्यक्रममा प्रस्तुतीकरण दिदै सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । भण्डारीको अनुसार तीन वर्षिय कार्ययोजनाका लागी १ अर्व ८६ करोड ६ लाख २४ हजार ३ सय ६० प्रदेश सरकार, करुणा फाउण्डेसन नेपाल र स्थानिय सरकारको लागत साझेदारीमा कार्य गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जीवन घिमिरेले तीन पक्षिय साझेदारीमा अपाङ्गता न्यूनिकरणको लागी तीन वर्षिय कार्ययोजना तयार गरिएको बताए । अपाङ्गता भएका व्यक्ति जन्मन नदिन दम्पतिहरुले स्वास्थ्य परामर्श लिनु पर्ने उनको भनाई छ । दम्पतिहरुले बच्चा जन्माउनु तीन महिना अगाडी यो अभियानलाई जानकारी गराउनु पर्ने घिमिरेले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्