महानगरले भत्कायो सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, केहीबेर तनाव उत्पन्न

महानगरले भत्कायो सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, केहीबेर तनाव उत्पन्न

सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा मंगलबार भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो ।

महानगरको आग्रह अनुसार घर–टहरा भत्काउने कार्यमा प्रहरीले सुरक्षा प्रदान मात्रै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घर–टहरा भत्काउने ठाउँमा राई नेत्रृत्वको प्रहरी टोली थप मदतका लागि पुगेको थियो ।
सुकुम्बासीका नाममा ३५ वर्षदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर जग्गा खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ती घर–टहरामा मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए ।
जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि बल प्रयोग गरेरै टहरा भत्काउँदै अतिक्रमति जमिन खाली गर्नु परेको अधिकारीको भनाइ छ ।
स्थानीय जय कामतका अनुसार डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए । स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गा ओगटेर बसेकालाई एक सय बढी परिवारलाई नहटाएको र गरिब तथा जग्गा विहीन सुकुम्बासी बसेका टहरा भने भत्काइएको भन्दै विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्