एसिया–११ को टिम सार्वजनिक, नेपालबाट सन्दिप लामिछाने टिममा

एसिया–११ को टिम सार्वजनिक, नेपालबाट सन्दिप लामिछाने टिममा

एजेन्सी । बंगलादेशमा हुने टि–ट्वान्टी सिरिजका लागि एसिया–११ को टिम सार्वजनिक भएको छ । विश्व–११ विरुद्ध हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले मंगलबार एसिया–११ बाट खेल्ने १४ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नामावलीमा सन्दीप लामिछाने पर्न सफल भएका छन् । एसिया–११ को टिममा पर्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एसिया–११ मा भारतका विराट कोहोली सहित धेरै खेलाडी रहेका छन् । टिममा भारतका मात्र ६ खेलाडी छन् ।

खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्