विराटनगर । भारतबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका(१५ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धीत लागुऔषध सहित मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्याल रानीमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।