बिशेष संरक्षणको बालबालिका लागि पालनपोषण सहितको ‘बाल अधिकार बिधेयक’ सदनमा

बिशेष संरक्षणको बालबालिका लागि पालनपोषण सहितको ‘बाल अधिकार बिधेयक’ सदनमा

विराटनगर । प्रदेश १ को बालबालिकाको अधिकारका सन्दर्भमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकारका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गर्दै बालबालिकाको हकलाई मौलिक हकको रुपमा संबिधानमा ब्यवस्था भए बमोजिम यो बिधेयक ल्याईएको जानकारी दिनुभयो ।
५ वटा परिच्छेद र २१ दफा रहेको बिधेयकले बालबालिका माथि हुने सबै प्रकारका दुर्घटना, भौतिक संरचना, सडक दुर्घटना र त्यसको जोखिम न्युनिकरणको ब्यवस्था गरेको छ । सामाजिक समस्याको रुपमा रहेको कुपोषणलाई उचित ब्यवस्थापन गर्ने, सबै बालबालिकाले पोषणयुक्त खाना खान पाउने ब्यवस्था मिलाउने, पोषणयुक्त खानाको ब्यवस्थापन र उपचारको ब्यवस्थापन, बिद्यालय पोषण र पुनस्थापना केन्द्र संचालन गर्ने सम्मको ब्यवस्था बिधेयकमा गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै बिधेयकमा अभिभावक शिक्षा संवाद कार्यक्रम संचालन गर्ने, बिशेष संरक्षणको बालबालिकाका निमित पालनपोषण, स्वास्थ्य र शिक्षाको ब्यवस्था गर्ने, परिवार बिहिन, परिवार बिग्रहबाट जोखिममा परेका तथा अभिभावकत्व नपाएका बालबालिका, अपाङ्गता भएका, शोषणमा परेका, गैह्र कानुनी ओसार पसारमा परेकाहरुको उद्दार र पुन स्थापनाको ब्यवस्था पनि प्रदेश सभामा पेश भएको बिधेयकमा उल्लेख छ।
बालबलिकाको हकहितको संरक्षणको लागि त्यसको ब्यवस्थापन गर्न प्रदेश बाल अधिकार समिति बनाउने ब्यवस्था बिधेयकमा गरिएको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
यसैबिच प्रदेश सभामा पेश भएको प्रदेश नम्बर १ मा फर्म दर्ता, नविकरण तथा तत् सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक थप छलफलका लागि उद्योग वन वातावरण समितिमा पठाईएको छ ।

शुन्य समयमा सांसदका आफ्नै समस्या
मंगलवारको प्रदेश सभाको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा भएको समस्यादेखि संघीय सरकारको आलोचनामा खर्चिएका छन् ।
सांसद उपेन्द्र प्रसाद घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा बम पड्काउने जनतालाई त्रसित पार्ने खालका काम हुँदा समेत राज्यको तर्फबाट ध्यान नगएको गुनासो गर्नुभयो । उहाँले गाउँपालिका कार्यालयमा बम पढ्काएर बिध्वंश मच्चाईएको, टेलिकमका टावरहरुमा बम पड्काएकोले मोवाईल तथा टेलिफोन अबरुद्ध भएको, करोडौ पर्ने एक्साभेटर जलाएको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरकारका मन्त्रीहरुलाई फोन गरेर त्यो बिषयमा जानकारी गराउन खोज्दा समेत प्रबिधिको प्रयोग गर्दै ‘आई विल कल ब्याक लेटर’ भनेर म्यासेज आउँछ तर फोन नआएको उहाँको गुनासो छ ।
सांसद उमिता विश्वकर्माले पाथिभरा, हलेसी, पिण्डेश्वर लगायत प्रदेशका अधिकांश मठ मन्दीरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग हुने गरेको बताउनुभयो । धार्मिक स्थलमा नाफा कमाउने काम भएको बताउँदै भगवानको लागि चढाएको भेटी भगवनाकै लागि नै खर्च हुनु पर्ने माग सांसद बिश्वकर्माको छ । सांसद राधा थापाले आर्थिक बर्षको ९ महिना बितिसक्दा पनि काम शुरु हुन नसकेको आरोप लगाउनुभयो ।
रातो कितावमा भएको योजना समेत कार्यान्वयन हुन नसकेको अबस्थामा गत बर्षहरुको जस्तो बर्षाको समयमा विकासे काम गर्ने दिन आउन नदिनको लागि काम थालिहाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुयर्माराज राईले कबिता वाचन गरेर सरकारको आलोचना गर्नु भएको थियो । बाँसुरी देखि नेपालको नक्सा बनाएर केक काटेको बिषयमा ब्याङ्ग्य प्रस्तुत गर्नुभयो ।
नेकपा संसदीय दलको तर्फबाट बिशेष समयमा बोल्दै नेकपाका सांसद लिलम बस्नेतले फागुन ७ गते भारतको तामिलनाडु राज्यमा सुनसरीबाट तिर्थयात्री लिएर गएको बस दुर्घटनामा परेको र ८ जना नेपालीको मृत्यु भएकोमा दुख ब्यक्त गर्दै मृतकका परिवारलाई राहतको माग गर्नुभयो । प्रदेश सरकारले मृतकका परिवार र घाईतेलाई उचित राहतको ब्यवस्था मिलाउन र नेपाल सरकार मार्फत भारतीय सरकारबाट राहत दिलाउन आग्रह गर्नुभयो । सांसद ज्योती सुब्बाले समेत शुन्य समयमा घटना बारे सभामा जानकारी गराृनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्