असुरक्षा भएको भन्दै रोकिएको सप्तकोशीको जेटबोट पुन संचालनमा (भिडियो सहित )

असुरक्षा भएको भन्दै रोकिएको सप्तकोशीको जेटबोट पुन संचालनमा (भिडियो सहित )

विराटनगर । सुनसरी जिल्लाको चतराबाट सप्तकोशी नदीमा संचालन हुदै जेटबोट असुरक्षा बढेको भन्दै व्यावसायीहरुले केही समय बन्द गरे ।
केही समय रोकीएको जेटबोट पुन संचालनमा आएको छ । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले बन्द गरेका थिए ।

(भिडियो सहित )

गत माघ २९ गतेबाट आफ्ना सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए । ब्यवसायीहरुले उठाएका केहि मागहरुलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बांकी मागहरु पुरा गर्ने आश्वासन पाएपछि ब्यवसायीहरुले सेवालाई निरन्तरता दिएका छन् । स्थानिय, बुद्धीजिवी , राजनितिक दलहरुसँग सहकार्य गरी रोकिएको जेटबोट पुन संचालनमा ल्याएको सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका संचालक राजेन्द्र कार्कीले बताउनुभयो ।


यता आफूहरुले पनि जेटबोट संचालन गर्नको लागी सहयोग गर्ने स्थानियबासीको भनाई छ । हाल सुनसरीको चतराबाट बराहक्षेत्रहुँदै भोजपुरको सिमाना हतुवागढी सम्म जेट बोटहरु संचालन हुँदै आएका छन । जेटबोटहरु संचालन भएयता भोजपुर लगायतका क्षेत्रका सर्वसाधारणको आउजाउ र मालसामान ओसार पसार सहज भएको छ ।

जेटबोट संचालन हुनु आगाडी भोजपुर र धनकुटाका स्थानियले हिडेर आउजाउ गर्नुपर्ने वाध्यतालाई अहिले जेटबोटका कारण निकै सहज र कठियानाई मुक्त भएको स्थानिय सन्तोष राईले बताउनुभयो । सप्तकोशीमा बोट संचालन हुनुअघि आफुहरु चतराबाट नुन लगायतका साम्राग्री बोकेरं घन्टौ सम्म भीरको बाटो हिड्नुपर्ने बाध्यता हटेको राईको भनाई छ । नेपाल मै पहिलो पटक संचालनमा आएको जेटबोटबाट ग्रामीण क्षेत्रका व्यक्तिहरुलाई मात्र हैन घुम्न आउने पर्यटकहरुलाई पनि जेटबोटले ठूलो सहयोग पुगेको धरानबाट घुम्न आउनुभएका कुशल लिम्बुले बताउनुभयो ।


२१ किलोमिटरको दुरीको सप्तकोशीको जलक्षेत्रमा संचालनमा रहेका ७ वटा पानी जहाजहरु मध्ये ३ वटा विग्रिएका कारण अहिले ४ वटा जहाज संचालनमा रहेको छ ।
हाल जेटबोटमा दैनिकी ३ सय यात्रु र २ सय पर्यटकले सेवा लिने गरेको जेटबोट वयावसायी राजेन्द्र कार्कीले बताउनुभयो ।
बिग्रिएका जेटको पनि चाडै नै मर्मत सम्भार गरी संचालनमा ल्याउन तयारी रहेको व्यावसायीहरको भनाई छ । अबको केहीदिनमा नै ७० सिटे जेटबोट समेत संचालन आउने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्