विराटनगरमा दिउँसै मापसे गरी सरकारी गाडी चलाउदा सिटी रिक्शालाई ठक्कर

विराटनगरमा दिउँसै मापसे गरी सरकारी गाडी चलाउदा सिटी रिक्शालाई ठक्कर

विराटनगर । सरकारी गाडीका चालकले मापसेगरी गाडी चलाउदा एक सिटी रिक्शालाई ठक्कर दिएको छ । विराटनगर महानगरपालीका १ स्थित ठूलो मिल छेउमा सरकारी गाडीका चालकले मादक पदार्थ सेव गरी सवारी चलाउदा सिटी रिक्शालाई ठक्कर दिएको हो ।


वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको बा १ झ ९९२१ को गाडीले को १ ह ४०१७ नम्बरको सिटी रिक्शालाई ठक्कर दिएको हो । ठक्करबाट सिटी रिक्शाामा सामान्य क्षती पुगेको छ । सिटी रिक्सामा क्षतिको लागी कार्यालयले मर्मत खर्च समेत व्याहोरेको छ ।
कार्यालयका प्रमुख हिमालय बराललाई लिएर कार्यालय तर्फ जादै गर्दा आज विहान ११ ः ३० बजेको समयमा चालक बुढीगंगा गाँउपालीका निवासी ३६ का श्रीनारायाण चौधरीले ठक्कर दिएका हुन् । ठक्कार दिने चालक चौधरी र उनले चलाएको सवारी अहिले जिल्ला प्रहरी कार्यालय मोरङका नियन्त्रणमा रहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्