प्रदेश १ सभामा उठ्यो ‘सिमाना नापजाँचको माग’

प्रदेश १ सभामा उठ्यो ‘सिमाना नापजाँचको माग’

विराटनगर । प्रदेश १ सभामा नेपाल–भारत सिमा क्षेत्रको नापजाँचदेखि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा देखिएको समस्याको बिषय उठेको छ । मंगलवारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्य खिनु लङ्वा लिम्बुले सिमा नाका नापी नहुँदा निर्माणको काम नभएको बताउनुभयो । ईलाम जिल्लामा संयुक्त नापी हुने कुरा भएको लामो समय भएपनि अझै हुन नसकेको बताउनुभयो । उहाँले नेपाल–भारतको संयुक्त नापी टोलीले झापासम्म नापजाँच गरेको भएपनि ईलाम लगायतका जिल्लामा नापी नगर्दा यस आर्थिक बर्षमा संचालन हुने योजनाहरु संचालनमा समस्या हुने जानकारी गराउनुभयो । यस अघि पनि सिमानामा नापी गर्न पटक पटक माग गरिएको भएपनि त्यो बारेमा अहिलेसम्म सुनुवाई हुन नसकेको सदनमा जानकारी गराउनु भयो ।
सांसद पं्रतापप्रकाश हाङ्गामले प्रदेश सभामा मन्त्री नभएको र राज्यमन्त्री रहेको अबस्थामा पनि आफ्नो बिषय राख्न बाध्य भएको जानकारी गराउँदै दोहोरो ठेक्का लगाएको बारेमा ध्यानाकर्षण गराउनु भयो । एउटै ठाउँमा दोहोरो ठेक्का लाग्ने गरेको जानकारी दिँदै अबको तीन बर्षमा के के हुने हो हेर्न बाँकी रहेको उल्लेख गर्नु भयो ।
सांसद साबित्री जोशीले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको २६ बर्ष पुरा भएको अबस्थामा अझै सेवा सुबिधा बिस्तान हुन नसकेको उल्लेख गर्नुभयो । भारतको बिहार, पस्चिम बंगाल, प्रदेश १ र २ का बिरामी आउने अस्पतालमा अहिले पनि सेवाग्राहीलाई सेवा लिन समस्या हुने गरेको बताउनुभयो । आईसीयुमा राख्नु पर्ने अबस्थाका बिरामीलाई बाहिर पठाउने गरिएको उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘आईसीयु खाली नभएको भन्दै चिकित्सकहरुले नै बिरामीलाई बाहिर लैजान भन्ने गरेको गुनासोहरु आएको छ, सांसद जोशीले भन्नुभयो, अस्पतालमा भर्ना हुन आएका बिरामी फर्काईँदा बिरामीको अकालमा नै ज्यान जाने गरेको छ ।’ सांसद जोशीले अस्पतालमा रहेको १० वटा आईसीयुलाई बृद्धीगरी ५० वटा पुर्याउनु पर्ने माग राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्