विराटनगरको कोशी अस्पतालको चिन्ता :सरोकारवालाले दिए अस्पतालको सेवा विस्तार गर्न विभिन्न सुझाब

विराटनगरको कोशी अस्पतालको चिन्ता :सरोकारवालाले दिए अस्पतालको सेवा विस्तार गर्न विभिन्न सुझाब

कोशी अस्पतालको १३ कठ्ठा १३ धुर जग्गा चार संघसंस्थाले उपभोग गरेको पाइएपछि अस्पतालको मेसु डा. संगीता मिश्राले प्रदेशको मन्त्री, स्थानिय तहको प्रमुख उपप्रमुख, राजनैतिक दलका नेता, सुराक्षा निकायको प्रमुख र सरोकारवालाहरू बिच छलफल राखेकी छिन् ।

अस्पतालको सभाहलमा बुधबार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेसहित सरोकारवालहरूले अस्पतालको जग्गामा बनेको भवन अस्पतालको स्वामित्वमा ल्याउने र कोशी अस्पतालको सेवा विस्तार र नमुना अस्पताल बनाउन सुझाब दिए । उनीहरूले अस्पतालको सेवालाई विस्तार गरि मास्टर प्लान बनाएर कोशी अस्पताललाई मेडिकल कलेजको रूपमा विस्तार गरिनुपर्नेमा जोड दिए । छलफल कार्यक्रममा बोल्दै .मन्त्री घिमिरले बहुवर्षिय योजना बनाएर कोशी अस्पताल भित्र रहेको जिर्ण भवन भत्काएर स्तरन्नती गरेर नयाँ भवन बनाएर अगाडी बढनुपर्ने बताए । मास्टर प्लान बनाएर अस्पतालको संरचनाहरू बनाउनुपर्ने उनले बताए । ‘अस्पताल सुधारको लागि एउटा कार्यदल गठन भएको थियो,’ मन्त्री घिमिरले भने, ‘कार्यदलल दिएको प्रतिवेदन अनुसार तीन वटा भवन बाहेक सम्पूर्ण जिर्ण रहेको छ ।

जिर्ण भवन सबै भत्काएर मास्टर प्लान अनुसार नयाँ भवन निर्माण गरिनुपर्दछ ।’ मन्त्री घिमिरे अस्पताल परिसर भित्रै प्रदेश ल्याब संचालन गरिनुपर्ने बताए । ‘राष्ट्रिय क्षयरोग केन्द्र रहेको ठाउँमा प्रदेशीक ल्यावको भवन निर्माण गरिनुपर्दछ,’ मन्त्री घिमिरले भने, ‘प्रदेश ल्याबको ठाउँको लागि हेरिएको जग्गामा राष्ट्रिय क्षयरोग केन्द्र लैजानु पर्दछ ।’ यस्तै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले अस्पतालको जग्गामा भोगचल गर्दै आएको संघसंस्थाहरूलाई विकल्प दिएर मात्र कार्यन्वयनको चरणमा अगाडी बढनुपर्ने बताए । उनले अस्पतालको नयाँ भवन निर्माणको क्रममा कोशी अस्पताले प्रदान गर्ने सेवाहरू विराटनगरमा साल्ट्र टे«डिङ्ग कर्पोरेशनको गोदाममा पाटेसन गरेर संचालन गर्न सकिने सुझाब दिए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले कोशी अस्पाललाई स्तरन्नती गरि दिर्घकालिन सोचबिचार गरेर भरपर्दा सेवा प्रदान गरिनुपर्ने बताए ।

कार्यक्रममा कोशी अस्पतालको पुर्व मेसु डा. ज्ञानेन्द्र गिरीले ९० प्रतिशत सेवाग्राही आर्थिक अवस्था नाजुक भएको परिवार अस्पतालमा आउने भएकोले पूर्वाधार स्तरउन्नती गरि सेवा विस्तार गरि गुणस्तरीय सेवा प्रदान गरिनुपर्ने बताए । छलफल कार्यक्रममा नेकपा केन्द्रीय सदस्य गुरू बराल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋिषीकेश पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिको इन्दिरा कार्की, पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङगेललगायले अस्पतालको जग्गामा बनेको संरचना कोशी अस्पतालको स्वामित्वमा ल्याएर मास्टर प्लान बनाएर संचरना निर्माण गरिनुपर्ने बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, सरोकारवालहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्