प्रदेश नम्बर १ मा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै

प्रदेश नम्बर १ मा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै

विराटनगर । बिहिवार विराटनगरमा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेश १ को संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।

सहभागि हुने सबै प्रतियोगिहरु जिल्ला स्तरिय प्रतियोगितामा प्रथम भएर आएका हुन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेल गमलामा पानि हालेर गर्नु भएको छ । सहभागि हुने प्रतियोगिहरु १६ देखि २४ उमेर समुहका रहेका छन् । यस प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रथम हुने प्रतियोगि संघिय स्तरको प्रतियोगितामा जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्