धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप : नेपाल पुलिस फाइनलमा

धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप : नेपाल पुलिस फाइनलमा

धरान, फागुन १६। नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

‘सडनडेथ’मा छिनोफानो

बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग र सताक्षी गोल्डकपको विजेता मच्छिन्द्र क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित् समयमा गोलरहित र ‘टाइब्रेकर’मा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा निर्णायक बनेको हो ।

सडनडेथमा पुलिसका कपिल ढकालले गोल गर्दा मच्छिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले बचाएका थिए ।

पुलिससँगको हारसँगै सिजनको उपाधिमा ‘ह्याट्रिक’ गर्ने मच्छिन्द्रको सपनामा पूर्णविराम लागेको छ ।

मनाङसित फाइनल प्रतिस्पर्धा

अब पुलिसले फाइनलमा मनाङ–मर्स्याङ्दी क्लबसित खेल्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २–० ले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।

पुरस्कार

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोकृष्ट खेलाडीले एउटा डियो स्कुटर पाउनेछन् ।

सर्वाधिक गोलकर्ताले ३५ हजार तथा व्यक्तिगत विधातर्फका उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्