श्रीमान् श्रीमती नै लागुऔषध सहित विराटनगर बसपार्कबाट पक्राउ

श्रीमान् श्रीमती नै लागुऔषध सहित विराटनगर बसपार्कबाट पक्राउ

विराटनगर । भारतको जोगबनीबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित विराटनगरमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोवाईल टोलीलले शुक्रबार विहान ५ बजे लागु औषध सहित दुवै जनालाई पक्राउ गरेको हो ।

लागुऔषध सहित दुवैलाई विराटनगर ११ बसपार्कबाट प्रहरीले शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद गरेको हो । विराटनगर पिचराका दिपेश श्रेष्ठ र उनकी पत्नी तृष्णालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्यापनामक २६० थान बरामद गरेको छ । यस्तै तीन थान सिरिन्ज पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्