विराटनगरका पत्रकार पौडेलको उपचारर्थ लायन्स क्लब एक्टिभको ५१ हजारको सहयोग

विराटनगरका पत्रकार पौडेलको उपचारर्थ लायन्स क्लब एक्टिभको ५१ हजारको सहयोग

विराटनगर । ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका सम्पादक कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।


विराटनगरस्थित मकालु टेलिभिजनको हलमा शुक्रबार आयोजित कार्यक्रममा लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका प्रोडक्सन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तराण गरेका थिए। चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गरेका थिए।
सम्पादक पौडेलको उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितले जानकारी दिए। यसै रकम संकलनका क्रममा मकालु टेलिभिजनले विराटनगरस्थित प्राइम कमर्सियल बैंकमा मकालु मिडियाको नामममा ०२०००८२१ सिए खाता सञ्चालनमा ल्याएको छ। सो खातामा समेत रकम संकलन हुन थालेको छ। त्यसैगरि,अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाजका साथै क्यानडा, युरोप, अमेरिका, जापान, हङकङलगायतका मुलुकमा रहेका नेपालीहरुबाट पनि सहयोग संकलन हुने क्रम जारी छ । पौडेलको उपचारका लागि मकालु टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाले सञ्चालन गरेको खातामा समेत रकम जम्मा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्