बिराटनगर क्रिकेट एकेडेमीका खेलाडी मैत्रीपूर्ण खेलका लागि भारतको पुर्निया प्रस्थान गर्दै

बिराटनगर क्रिकेट एकेडेमीका खेलाडी मैत्रीपूर्ण खेलका लागि भारतको पुर्निया प्रस्थान गर्दै

बिराटनगर १६ फाल्गुन
२ दिने टेस्ट म्याच र २ वटा ४० ओवरको एक दिवसिय म्याच खेल्नलाई बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको टोली आज भारतको पुर्निया जादै छ ।भ्रमण अन्तर्गत बिराटनगर क्लब एन्ड एकेडेमीले पुर्नियाको डिजाइर क्रिकेट एकेडेमीसँग फाल्गुन १७ र १८ गते २ दिने टेस्ट म्याच र फाल्गुन १९ र २० गते ४० ओवरको एक दिवसीय म्याच खेल्ने छ । विराटनगर एकेडेमीका कप्तानी श्याम मन्डलले गर्दै छन ।
यस भ्रमण अणडर १९ उमेर समुहको रहनेछ ।

आउने केहि महिनामा भारतको पुर्नियाको डिजाइर एकेडेमी नेपाल भ्रमण गरेर बिराटनगर  क्रिकेट एकेडेमीसँग मैत्री पूर्ण क्रिकेट खेल्ने तयारी रहेको छ । बिराटनगर क्रिकेट एकेडेमीको खेलाडीलाई एकेडेमीको मुख्य प्रशिक्षक नेपालको लागि अन्तराष्ट्रिय खेलाडी राज कुमार प्रधानले बिदाइ गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्