मोरङको ग्रामथानमा डिग्री क्याम्पस बनाईने , राज्यमन्त्री विश्वासद्धारा उद्घाटन

मोरङको ग्रामथानमा डिग्री क्याम्पस बनाईने , राज्यमन्त्री विश्वासद्धारा उद्घाटन

विराटनगर । मोरंगको ग्रामथानमा स्नातकोत्तर तह (डिग्री) को पठन पाठनका लागी ६ कोठे भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले क्याम्पस परिसरमा रहेको ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ ।

स्नातक तह सम्मको पठन पाठन हुँदै आएको ग्रामथान ६ धनिबनिगाउँको पब्लिक क्याम्पसमा स्नातकोत्तर तहको पनि पठन पाठन शुरु गर्नका भवनको उद्घाटन गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा २०५९ सालदेखि शिक्षा शास्त्र संकायमा स्नातक पठन पाठन शुरु गरेको पब्लिक क्याम्पसले २०६५ सालदेखि बाणिज्य शास्त्र संकायको स्नातक शुरु गरेको थियो । क्याम्पसवाट स्नातक तह पार गरिसकेपछि स्नातकोत्तर तह अध्ययनका लागि विराटनगर, सुन्दरहरैचा धाउनु पर्ने भएकालागि गाउँमा पठन पाठनका लागि व्यवस्था मिलाउन लागिएको प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले बताउनुभयो ।

सोही क्षेत्रका जनप्रतिनिधि समेत रहनु भएका मन्त्री विश्वासले स्नातकोत्तरको पनि पठन पाठनलागि भौतिक पूर्वाधार लगायतका संरचनामा जोड दिएको बताउनुभयो । करिव १ करोड लागतमा भवन निर्माण शुरु गरिएको क्याम्पस प्रमुख झमकबहादुर दाहालले बताउनुभयो । मोरंग क्षेत्र नं. ४ पूर्वाधार विकास कोषबाट भवन निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ प्राप्त भएको प्रमुख दाहालले बताउनुभयो ।


दुई संकायमा गरि ४ सय ९६ विद्यार्थी अध्ययनरत सो क्याम्पसमा भौतिक पूर्वाधारको अभाव रहेको क्याम्पस प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुशार क्याम्पसमा कटहरी, सुन्दहरैचा र बुढीगंगाका विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विद्यार्थीहरु साँस्कृतीके गीत, नृत्य लगायतका प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्