विराटनगरको बुद्धचोकमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मृत्यु

विराटनगरको बुद्धचोकमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मृत्यु

विराटनगर । विराटनगर – १ बुद्धचौकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको ।
शनिबार विहान ७ बजेको समयमा उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीय रमा पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनामा झापा गौरीगञ्ज घर भई विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले कर्णको चिन्ताजनक अवस्थामा नर्सिङ होममै उपचार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्