कुमारी बैंकको परीक्षा रद्ध भएपछि परीक्षार्थीद्धारा विराटनगरको आर्दश स्कुलमा नाराबाजी

कुमारी बैंकको परीक्षा रद्ध भएपछि परीक्षार्थीद्धारा विराटनगरको आर्दश स्कुलमा नाराबाजी

विराटनगर । कुमारी बैङक लिमिटेडका लागी हुने भनिएको जुनियर असिस्टेन्टको परीक्षा रद्द भएपछि परीक्षार्थीहरुले नाराबाजी गर्दै विरोध जनाएका छन् ।
विराटनगरस्थित आर्दश मा. वि मा शनिबार हुने भनिएको परीक्षा प्रस्नपत्र कम भएपछि परीक्षा स्थगित भएको थियो ।


काठमाण्डौंमा रहेका ग्लोबल जव डट कमले कुमारी बैङकमा लागी जुनियर असिस्टेन्ट पदको दरखस्त अनलाईन मार्फत आह्वान गरेको थियो ।
कुमारी बैङकले ग्लोबल जवलाई परीक्षा लिने र नतिजा प्रकाशित गराउने सम्पुर्ण जिम्मा दिएको थियो । परीक्षामा प्रदेश नं. १ र प्रदेश नं. २ का विभिन्न जिल्लाहरुबाट करिब ११ सय परीक्षार्थीहरु सहभागी भएका थिए ।
तर ग्लोबल जबले प्रश्नपत्रको संख्या ५ सय मात्र भएको भन्दै बिहानैदेखि परीक्षा आलटाल गर्दै आएको थियो । बिहान ८ बजे हुने भनिएको परीक्षा दिउँसो १२ बजिसक्दा पनि सञ्चालन नभएपछि आफूहरु आन्दोलित भएको परीक्षार्थीहरुले बताएका छन । उनीहरुले ग्लोबल जबमा जागिरका लागी प्रत्यक्ष आवेदन दिएका सिमित विद्यार्थीहरुलाई मात्र ग्लोबल जबले परीक्षामा सहभागी गराउन खोजेकाले परीक्षा नै आलटाल गरेको आरोप लगाउँदै आईतबार जिल्ला प्रशासन कार्यालय मोरङ्गमा उजुरी समेत हाल्ने सप्तरीबाट आएका एक परीक्षार्थी नारायण बहादुर कार्कीले बताए ।

यता ग्लोबल जव प्रा. लिका प्रतिनिधी सरदराज अर्यालले विराटनगरका परीक्षार्थीहरुका लागी मात्र प्रश्नपत्र ल्याईएको तर परीक्षामा विराटनगर बाहिरका पनि धेरै परीक्षार्थीहरु सहभागी हुन आएकोमा यस्तो विवाद सिर्जना हुन गएको बताए । परीक्षार्थीहरुले बेहोर्नुपरेको समस्या र उनीहरुको मागलाई सम्बोधन गर्दै शनिबारको परीक्षा केही दिनका लागी स्थगित गरिएको कुमारी बैंक लिमिटेड विराटनगर शाखाका प्रबन्धक अङकित पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्