विराटनगरको अर्डिक स्कूलका विद्यार्थीको कला हेरेर अभिभावक दङ्ग(फोटो फिचर)

विराटनगरको अर्डिक स्कूलका विद्यार्थीको कला हेरेर अभिभावक दङ्ग(फोटो फिचर)

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड बोर्डिङ स्कूलले भव्य कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको छ । स्कूल परिसरमा शनिबार भव्य समारोहको बिच स्कूलले वर्षिक उत्सव मनाएको हो ।


वार्षिक उत्सवमा विद्यार्थीहरू साँस्कृति झल्किने नृत्य प्रस्तुत गरि सहभागी भएका अभिभावक, अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । यस्तै विद्यार्थीहरूले नृत्य, कविता र फेशन शो प्रस्तुतीले थप आकर्षण बढायो । वार्षिक उत्सवमा विद्यार्थीहरूले ‘प्रोजेक्ट वार्क’ पनि प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले चित्रकला प्रर्दशनीमा राखे । अर्डिक स्कूलमा अध्ययरत विद्यार्थीहरूले आफ्नो स्कूलको चित्र बनाएर प्रर्दशनीमा राखेका थिए । उक्त चित्रमा विद्यार्थीको आकर्षण अभिभावकहरूको बढेको थियो ।


सोही अवसरमा प्राजेक्ट वार्कमा प्रथम हुने विद्यार्थीहरूलाई नगद तीन हजार रुपैयाँले पुरस्कृत गरियो । द्धितीय, तृतीय हुनेलाई क्रमश २ हजार १ हजार रुपैयाँ थियो । सान्तवना हुने पाँच जना विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए ।


यस्तै उत्कृष्ट र नियमित स्कुल आउने विद्यार्थीलाई पनि पुरस्कृत गरियो । कार्यक्रममा बोल्दै विराटनगर १० का वडाअध्यक्ष माधवराज वाग्लेले शिप र संस्कार सहितको गुणस्तरीय शिक्षा आजको आवश्यक भएकोले यसतर्फ स्कूल अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल सिम.एम. श्रेष्ठलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको बताए । उनले निरन्तर रुपमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरि स्कूल अगाडी बढने बताए ।

त्यसैगरी कार्यक्रममा अर्किड कलेजका प्रिन्सीपल दिपेश वास्तोलाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई अतिरिक्क्त क्रियाकलापहरुमा पनि प्राथामिकतामा राखेर अगाडी बढाउनु पर्नेमा जोड दिए ।


यस्तै कार्यक्रममा प्रमुख अतिथी वडा न १० का वडा अध्यक्ष माधवराज वाग्ले , स्कूलका अध्यक्ष अमित ढकाल, संस्थापक निर्देशक सिम रिजाल, स्कुलको भ्वाईस प्रिन्सीपल पिके कामत, मनिष भट्टराई, सुजित साह, राकेश साह, ओमप्रसाद यादव, उमेश कार्की, तुलसी गिरी, विनोद बास्तोलाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्