विराटनगरको चन्द्रसूर्य क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम

विराटनगरको चन्द्रसूर्य क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम

विराटनगर । विराटनगर– ४ बरगाछीस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पसले भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरेको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि बिविएस प्रथम वर्षमा भर्ना भएका र चौथो सेमिस्टर पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो ।


बिविएसमा भर्ना भएका ८७ र चौथो सेमिस्टेर पूरा गरेका ५१ जना विद्यार्थीहरूलाई विदाई गरिएको चन्द्रसूर्य म्यानिजमेन्ट क्याम्पस प्रमुख इश्वर रिजालले जानकारी दिए । सोही अवसरमा दोस्रो र तेस्रो सेमिस्टरका विद्यार्थीहरुले भर्ना तथा विदाई भएका विद्यार्थीहरुलाई साँस्कृतिक नृत्य प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । क्याम्पसले बिबिएसका प्रथम सेमिस्टरका क्याम्पस टप गर्ने सन्तोष कोइरालालाई सम्मान गरिएको छ । यस्तै प्रतिमा तिम्सिनालाई विद्यार्थी वर्ष पुरस्कार २०७६ बाट सम्मानित गरिएको छ । प्रविण कुमार साहलाई शिक्षक वर्ष पुरस्कार प्रदान गरियो ।


विदाई भएका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख इश्वर रिजाल, क्याप्सका संस्थापकहरु गोविन्द थापा, सरिता घिमिरे, महावीर गुप्ता, क्याम्पसका अध्यक्ष युवराज रिजाल, सचिब गोविन्द थाप ालगायतले मायाको चिनो र दोसल्ला ओढाएर विदाई गरेका थिए । सोही अवसरमा क्याप्सले आयोजना गरेको खेलकुद प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्