विराटनगरका गीतकार दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’को चर्चा (भिडियो )

विराटनगरका गीतकार दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’को चर्चा (भिडियो )

विराटनगर । विगत २ दशक लामो समयदेखी साँगितिक क्षेत्रमा लाग्नुभएका विराटनगरका गीतकार दिपकराज पाठकले निर्देर्शन गरेको नयाँ म्यूजिक भिडियोको चर्चा भईरहेको छ ।


६ दर्जन बढी गीत लेखिसक्नुभएका पाठकले आदा दर्शन बढी म्युजिक भिडियोको निर्देशन गरिसक्नुभएको छ । हालै पाठकले निर्देशन गर्नुभएको नयाँ म्यूजिक भिडियो ‘तिम्रो दिलको चाबी ’यतिबेला युटुवमा धेरै दर्शकले मनपराएका छन् ।

नयाँ म्यूजिक भिडियो ‘तिम्रो दिलको चाबी


 

अभिनेत्री वर्षा शिवाकोटी र मोडल बिजु पार्की फिर्चड रहेको गीतको म्युजिक भिडियोको टिकटिक बनाउनेहरुको पनि उतिकै सामाजिक संजालमा भेटिने गरेको छन् । ‘तिम्रो दिलको चाबी’ मा संगीत र एरेन्ज संगीतकार बिपिन आचार्यको रहेको छ भने गीतमा माण्डवी त्रिपाठी र राजन श्रेष्ठकोले आवाज दिएका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन गरेका छन्।

गीतमा प्रमोद के भण्डारीले कोरियोग्राफी गरेका छन् भने गीतको भिडियोलाई निर्देशन गीतकार दिपकराज स्वयंले गरेका छन् । यस अघि पाठकले लेखेका गीत तथा शब्दहरुमा चर्चित गायक र गायिका सुगम पोखरेल, स्वरुप राज आचार्य , अन्जु पन्त , माण्डवि त्रिपाठि,  शंखर यु दाहाल लगायतले स्वर भरी सकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्