विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी कमिटी गठन

<span class='c1'>विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा</span> <span class='c2'>पूर्व विद्यार्थी कमिटी गठन</span>

विराटनगर । विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी कमिटी गठन भएको छ । गोग्राह माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेलाको आयोजना गरि कमिटी गठन गरेको हो । शनिवार गोग्राह माध्यमिक विद्यालयमा आयोजना गरेको पूर्व विद्यार्थी भेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले गरेका थिए ।

पूर्व विद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्य सहितको पूर्व विद्यार्थी कमिटी गठन भएको छ ।
कार्यक्रममा बोल्दै डा. शेखर कोइरालाले शिक्षा सधै प्राथमिकतामा पर्ने कुरा भएता पनि राज्यले शिक्षालाई प्राथमिकतामा राख्न नसकेको बताए । राजनीति संस्कार, सस्कृति र नैतिकताको बलको भरमा गर्नुपर्ने पुर्खाले सिकाएताा पनि आज संस्कार, सस्कृति र नैतिकता मरेको छ र कम्जोर धरातलमा रहेको उनको भनाई छ । ब्ल्याकवोड, चक र डस्टरले मात्र अब शिक्षा सम्भव नभएको त्यसका लागि उचित प्रयोगात्मक शिक्षा आवश्यक रहेको बताए ।
त्यसै गरी प्रदेश सभा सदस्य नेपाली काँग्रेसका केदार कार्कीले आज सरकारी विद्यालयहरु जागिर खाएर तलव थाप्ने थलोमा विकास भएको बताए ।

शिक्षालाई पैसासँग तुलना नगर्न, सम्पतिको आधारमा शिक्षा दिने र प्राप्त गर्ने कुरा सामान्य नरहेको र यसले धनि र गरिब बिचको खाडल बनाइको भनाई व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय रनिङ सिल्ड विजेता नवीन यादव सहित अन्य ३ जनालाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्