रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फागुन १८ सम्म भर्न सकिने

रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फागुन १८ सम्म भर्न सकिने

इटहरी फाल्गुन १७,

पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम खुल्ला रहेको छ ।

फाल्गुन १८ सम्मका लागि आवेदन खुला रहेको छ।

नेपाली पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूकाे गितहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७० बैशाख १ गते देखि २०७५ चैत्र मसान्त सम्म बजारमा आएका सिर्जनालाई समावेश गर्न पाउने भएका छन । अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द,उत्कृष्ट लय,उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

साथै बिभिन्न भाषाभाषीहरूको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत,उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत,उत्कृष्ट मगर गीत,उत्कृष्ट राई गीत,उत्कृष्ट गुरुङ गीत,उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत,उत्कृष्ट राजबंशी गीत,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट भिडियो,उत्कृष्ट दृश्य सम्पादन,उत्कृष्ट भिडियो सम्पादन,उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा आवेदन फारम भर्न सकिने पूर्वेली मिडिया नेटवर्क प्रालिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताएका छन् ।

त्यसैगरी पूर्वेली म्यूजिक अवार्डका इभेन्ट काेर्डिनेटर राजन क्षेत्रीका अनुसार याे अवार्ड नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्य रहेकाेले यसलार्इ भब्य र सभ्य रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन अाग्रह गरेका छन् ।

आबेदन फारम अनलाइनमा खल्ती एप डाउनलाेड गरी भर्न सकिनुका साथै इटहरी, पूर्वेली मिडिया नेटवर्क, पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियाे, धरान स्थित म्यूजिक मिडिया रेकडिङ स्टुडियाेको कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्