बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

धरान फाल्गुन १७। शनिबार सम्पन्न २२औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।धरान रंगशालामा भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

मनाङका लागि खेलको ११औं मिनटमै दयानन्द सिंहले गोलको खाता खोलेका थिए । त्यस्तै थप दुई गोल भने ४९ र इन्जुरी समयको ९३औं मिनटमा बिमल रानाले गरे । उता पराजित पुलिसका लागि एक मात्र गोल भोला सिलवालले गरेका थिए ।

मनाङका सुरज बिक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत एक थान स्कुटी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच मनाङ कै अन्जन बिष्ट चुनिए ।

विजेता बनेको मनाङले उपाधिसहित नगद १० लाख हात पारेको छ भने उपविजेता पुलिसले ५ लाखमा चित्त बुझाएको छ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा यहि फागुन १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्