विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडि नेकपा नेतृत्वको सरकारविरुद्ध प्रदर्शन

विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडि नेकपा नेतृत्वको सरकारविरुद्ध प्रदर्शन

विराटनगर फाल्गुन १८ ,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध विराटनगरमा प्रदर्शन गरेको छ । सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचार बढाउन कर वृद्धि गरेको भन्दै नेविसंघले आइतबार विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडि आधा घण्टा प्रदर्शन गरेको नेविसंघकाजिल्ला अध्यक्षदेवचन्द्र घिमिरेले बताए ।

भ्रष्टाचार, महंगी, पुस्तक आयातमा कर, मूल्यवृद्धि, इन्धनमा वृद्धि गरिएको पस्र्वाधार कर लगायतको विरोध र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितताका लागि प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल खारेजी माग गर्दै संकेतिक प्रदर्शन गरेको छ्न। खारेजी नभए थप ससक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी नेविसंघले दिएको छ  ।

आज नेविसंघले  देशभरीका क्याम्पस अगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्