नेपालको हङकङसँग लज्जास्पद हार, सधै नेपालको ब्याटिङ जितको बाधक

नेपालको हङकङसँग लज्जास्पद हार, सधै नेपालको ब्याटिङ जितको बाधक

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाल पनि नेपाल हङकङसँग लज्जास्पद हार बेहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल हङकङसँग रनले पराजित भएको हो । थाइल्यान्डको बैंककमा भएको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १११ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे । नेपालका लागि ओपनरमा आएका कुशल मल्लले १९ रन बनाउँदा अविनाश बोहोराले १२ रनको योगदान गरे ।

बलिङतर्फ हङकङका लागि मोहमद अर्सदले सर्वाधिक चार विकेट लिए । त्यस्तै अफताब हुसेनले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्