नायक अनमोल केसी विरुद्ध प्रहरीमा उजुरी, पेस्की लिएको तर चलचित्र नखेलेको आरोप

नायक अनमोल केसी विरुद्ध प्रहरीमा उजुरी, पेस्की लिएको तर चलचित्र नखेलेको आरोप

काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा उजुरी परेको छ। चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्धय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारवाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् ।

अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छायांकनका लागि पोखरामा छन् । शुक्रबार मात्र उनी चलचित्र ‘ए मेरो हजुर—४’ को छायांकनका लागि पोखरा गएका हुन् ।

उनी पोखरा गएपछि निर्माता जयन श्रेष्ठले कारबाहीका लागि प्रहरीलाई थप अनुरोध गरेका हुन् ।जयन र रुपेशले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरे’ लागि अभिनेता अनमोल केसी ४० लाख पारिश्रमिकमा गत ३ असोजमा अनुबन्धित भएका थिए ।

मंसिरबाट छायांकन सुरु गर्ने भनिएको चलचित्रको स्कृप्ट चित नबुझेपछि अनमोलले ‘धुपौरे’ खेलेनन् ।फिल्मको स्कृप्ट परिमार्जन गरेको खण्डमा मात्र काम गर्ने अनमोलले बताए ।

त्यसपछि अनमोल अन्य दुईवटा सिनेमा ‘ए मेरो हजुर—४’ र ‘पारस’ मा अनुबन्धित भइसकेका छन् ।चलचित्रका लागि ५ लाख रुपैयाँ पेस्की लिएर फिल्मको काम पनि सुरु नगरेको र अन्य सिनेमामा धमाधम काम सुरु गरेको भन्दै ‘धुपौरे’का निर्माताले अनमोलविरुद्ध उजुरी दिएका छन् ।

अनमोलले समयमै काम नगर्दा आफूहरुलाई करिब ३० लाख रुपैयाँ घाटा भएको यी निर्माताको भनाइ छ ।साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको चलचित्र ‘धुपौरे’को स्कृप्टकै कारण अनमोलले नखेलेपछि सो चलचित्रको काम रोकिएको छ ।

यता प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्