काठमाडौं फागुन १८ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । उनको परिचय खुल्न बाँकी छ।