विराटनगर फाल्गुन १८,
विराटनगरको सहिद रंगशाला फल्ड लाइट सहितको रंगशाला बन्दै छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको लगानीमा लाइट सहितको रंगशाला बनाउने कार्य सुरु भएको हो । ४ स्थिानमा ३३ मिटर उचाई भएको हाई मास्ट राखिने छ र ४ वटा हाई मास्टमा १ हजार वाटको ब्लब १ सय ६ वटा राखिने कुराको जानकारी कार्की बन्दु कन्सल्टेन्सीका सुरज घिमिरेले बताए ।
धेरै अध्ययन गरेर लाइट राख्ने काम सुरु गरेको उनको भनाई छ ।कार्की बन्दु कन्सल्टेन्सीले फल्ड लाइट राख्ने काम बैशाखको अन्तिम सातामा सक्ने गरी ४ करोड २९ लाखमा ढेक्का लिएको हो । लाइट सेट गर्नको लागि भारत स्थित मुम्बईको ट्रान्रिल लाइटिङ लि.बाट आएका दक्ष व्यक्तिहरुले काम गर्ने छन् । २३ दिन देखि काम सुरु भएको रंगशालामा हाई मास्ट राख्न ठाँउ खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत बर्ष भएको गोल्डकपमा बाँसमा फल्ड लाइट राखेर रातको समयमा खेल सञ्चालन गरिएको थियो ।विराटनगरको उक्त रंगशालामा लाइट निर्माण भएपछी प्रदेश नम्बर १ मै नमुना रंगशाला हुनेमा विराटनगरका खेल प्रेमी आशावादी छन् । तर भर्खरै बनाइएको प्याराफिट भत्काएर लाइट हाल्ने कार्य भइरहेको छ । त्यस्तै उक्त लाइट प्याराफिटको अगाडी भएको कारण दर्शकलाई खेल हेर्न असहज हुने खेल समर्थक बताउछन ।