विराटनगरमा पैसा तिर्न नसक्दा बन्धक जीवनको अस्पतालबाट ८ महिनापछि उद्धार…

विराटनगरमा पैसा तिर्न नसक्दा बन्धक जीवनको अस्पतालबाट ८ महिनापछि उद्धार…

विराटनगर । विराटनगरको विराट नर्सिङ होममा ८ महिनादेखी बन्धक बनाइएका एक विरामीको उद्धार गरीएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेल उपचार गरेको पैसा तिर्न नसकेर साढे ८ महिना सम्म अस्पतालमा बसेका थिए ।

धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई सोमबार अस्पतालबाट बाहिर निकालिएको हो । उनको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले जनाकारी दिनुभयो ।
दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ । अध्यक्ष भोटेकाअनुसार औषधि र क्यान्टिनमा लागेको एक लाख ७२ हजार रुपयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको हो ।
चन्दनपुर घर भई अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गरिन् । हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताउनुभयो ।

संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ । सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग ग¥यो । भाटेका अनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
भोटेले उद्धार गरेर जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने जानकारी दिनुभयो । उहाँकाअनुसार काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्ने भएका छन् ।
खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला त्यहाँ निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारले रडले प्रहार गरेर जीवनलाई गत असार ५ गते गम्भीर घाइते बनाएका थिए । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्