कोरोनाको त्रास : सरकारले पठायो प्रदेशमा टोली, प्रदेश १ मा यस्तो तयारी

<span class='c1'>कोरोनाको त्रास : सरकारले पठायो प्रदेशमा</span> <span class='c2'>टोली, प्रदेश १ मा यस्तो तयारी</span>

विराटनगर । नोवेल कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलँदै गएको अबस्थामा सरकारले देशभरी नै टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा टोली बनाएर परिचालन गरेको हो ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएको टोलीले प्रदेश १ मा हुनसक्ने संक्रमणको अबस्था र तयारीको बारेमा जानकारी लिएको छ ।

सोमबार बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर प्रदेश १ भित्र भईरहेको तयारीको बारेमा छलफल गरेको छ । टोलीले बिराटनगरको रानी नाकाको अबलोकन, कोशी अस्पतालको मेडिकल टिमसँग छलफल गर्नुका साथै मन्त्रालयमा कर्मचारीसँग पनि छलफल गरेको डोटेलले जानकारी दिनुभयो ।
प्रदेश १ का संखुवासभा, ताप्लेजुङ तथा सोलुखुम्बु चीनसँग सिधा सिमाना जोडिएको तर ति जिल्लाबाट आवत जावत कमै मात्रामा हुने भएपनि ओलाङचुङ्गोला नाका र किमाथाङ्का नाकाबाट चीनियाँ नागरिकलाई प्रबेशमा रोक लगाएको छ ।

नेपालमा नोवेल कोरोना भाईरसको संक्रमणलाई सामान्य रुपमा लिईएकोमा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परिचालन गरेको हो ।
नमुनाको रुपमा प्रदेश १ मा ब्यक्तिगत सुरक्षाको सामाग्री ५ थान र ईन्फ्रारेड थर्मामिटर ५ थान टोलीले लिएर आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले बताउनुभयो ।

यस अघि प्रदेश सरकारले प्रदेश भित्रका ६ वटा अस्पताललाई आईसोलेशन बेड छुट्याएकोमा तत्कालको अबस्थामा कोशी अस्पताल र बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचार गरिने तयारी रहेको मेहताले बताउनुभयो ।
पुर्ब निर्धारण भएका ६ वटा अस्पतालहरु मध्ये पहिलो चरणमा दुई अस्पतालबाट मात्र काम थाल्ने भन्ने केन्द्रबाट परिपत्र आएकोले यसैलाई आधार बनाएर तयारी अबस्थामा रहेको जानकारी दिनुभयो ।
अहिले कोशी अस्पतालमा १३ वटा बेडलाई सुरक्षित रुपमा आईसोलेशन वार्डको रुपमा विकास गरिएको छ । त्यस्तै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आबश्यकता अनुसारको वार्ड तयारी अबस्थामा राखिएको मेहताले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश स्वास्थ्य निर्देशनालयले सुचना संप्रेषण, सिमा क्षेत्रमा चेकजाँचमा कडाई, आईसोलेशन वार्डको ब्यवस्थापन, स्वास्थ्यकर्मीलाई तयारी अबस्थामा राखिएको र कडा खालको संक्रमण देखिएका बिरामीहरुको निगरानी लगायतको पनि तयारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।

विश्वमा अहिले कोरोना भाईरसको संक्रमण ५८ देशमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा ८७ हजार १ सय ३७ जनामा यसको संक्रमण देखिएको छ । चीनमा मात्र ७९ हजार ९ सय ६८ जना र अन्य देशमा ७ हजार १ सय ६९ जनामा यसको संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । चीनमा २ हजार ८ सय ७३ जनाको ज्यान गएको छ भने अन्य देशहरुमा १०४ जनाको मृत्यु भईसकेको जनाईएको छ । यसको संक्रमण भारतमा समेत देखिएको छ । पछिल्लो केही दिन भित्र तीनजनामा कोरोनाको संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्