विराटनगर । विराटनगर मेन रोड स्थित सेन्ट्रलको एक बर्ष पुगेको अवसरमा एक रुपैयामा फिल्म हेर्न पाईने छ । विराटनगरको सेन्ट्रल मलसँगै रहेको सेन्ट्रल मल्टिप्लेक्सले आज मंगलबार एक दिन एक रुपैयामा फिल्म हेराउने भएको हो ।
सेन्ट्रल मलको प्रथम वार्षिक उत्सवको अवसरमा मंगलबारका सबै शोहरुमा एक रुपैँयामा सिनेमा हेर्न सकिने सेन्ट्रल मलका मार्केटिङ मेनेजर ओम घिमिरेले बताए । त्यसैगरी ग्राहकका लागि विभिन्न समयमा यस्ता धेरै अफरहरु ल्याईसकेको सेन्ट्रल मलले वार्षिक उत्सवमा दैनिक उपभोग्य सामानदेखि लिएर खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्समा पनि भारी छुट दिएको घिमिरे बताए ।
मलले १७ गतेदेखी ५ सय भन्दा बढीको सामान खरिदमा एउटा फिल्मको टिकट निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी फागुन २० गते सम्पुर्ण गार्मेन्टस र सुज आईटममा ५० प्रतिशत छुट, किरानामा ५ प्रतिशत छुट, इलेक्ट्रोनिक्समा २० प्रतिशत छुट र विभिन्न गेमिङमा ५० प्रतिशतसम्म छुट दिएको छ । त्यस्तै मलभित्र रहेका विभिन्न स्टोरमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सेन्ट्रल मलले जनाएको छ ।