विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान अन्र्तगत कलेजका विद्यार्थीहरुसँग एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शािन्त समाज मोरङ शाखाले सोमबार आयोजना गरेको ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जलवायु परवर्तन, विश्वव्यापी, उष्णता मानव सभ्यताका लागि सबैभन्दा ठूलो चुनौती र खतरा रहेकाले यो अभियानलाई देशव्यापी कार्यक्रम गर्दै आएको मानव अधिकार तथा शािन्त समाज मोरङ शाखाका अध्यक्ष डिल्ली बहादुर कार्कीले जानकारी दिनुभएको छ । कार्यक्रममा हिमाल बचाउँ नदी जोगाउँ संस्थाका संस्थापक सभापति कृष्ण पहाडीले विश्वव्यापी, उष्णता भनेको पृथ्वीको नजिकको हावाको सतह र महासागरमा हालका दशकहरुमा भएको सरदर तापक्रममा बृद्धि हो, भनी प्रष्ट पार्नुभएको छ । मनव अधिकार तथा शािन्त समाज यसको संरक्षण गर्नका लागि सबै नेपालीहरु एक जुटभएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगत १४ वर्षदेखि यस संस्थाले जलवायु परिवर्तन, विश्वव्यापी उष्णताका विषयमा सचेतना जगाउँदै र हिमाललय बचाउँ आन्दोलन गर्दै आईरहेको पहाडीले बताउनुभयो । कार्यक्रममा अभियान्ता गोबिन्द खनाल, शुसील बस्नेत, लगायतले हिमाल बचाउँ नदी जोगाउँ अभियानमा युवा पुस्ताहरुको सहभागीता आवश्यक रहेको बताउनुभयो । हिमाल बचाउँ नदी जोगाउँका अभियनताहरुलाई क्याम्पस प्रमुख भरत सापकोटाले मायाको चिनो प्रदान गर्नु भएको थियो ।