विराटनगरको “लभ्ली चाट” को कथा : चाटले लोभ्याउदै भारत देखिका ग्राहक

विराटनगरको “लभ्ली चाट” को कथा : चाटले लोभ्याउदै भारत देखिका ग्राहक

एन्जु शिवाकोटी

विराटनगर फाल्गुन २४   ।

विराटनगरको व्यस्त बजार । बाटारोडमा सडक छेउमा नै एउटा खाजा घर देख्न सकिन्छ । जसको नाम हो लभ्ली चाट हाउस । विराटनगरको जनमानसले असाध्यै रुचाएको खाजा घर हो लभ्ली चाट हाउस । लभ्ली चाट हाउस स्थानिय बासिहरुको मात्र लोकप्रिय बनेको हैन विराटनगर आसपासका ठाँउबाट आउनेहरु पनि उतिकै यहाँ खाजा खान रुचाउने गर्दछन् ।

यस चाट हाउस जति लोकप्रिय छ त्यो भन्दा बढी चर्चा पाउने गर्दछ यहाँको चाटले । यस चाट हाउसमा खाजाका थुप्रै परिकारहरु पाक्ने गर्दछन् तर यहाँको चाट सम्झदा सबैको मुखमा पानी आउने गर्छ । सधै यहाँ खाजा खानेहरुको बाक्लो भिड लाग्ने गर्दछ ।

२८ बर्ष अगाडीबाट सोनुकुमार दासले शनिमन्दिर छेउमा लभ्ली चाट हाउस नाममा होटेल खोलेका थिए । यो चाट हाउस ९ बर्ष अगाडी बाटारोडमा सरेको हो । एउटा लामै इतिहास बोकेको यस लभ्ली चाट हाउसको लोकप्रियतामा कुनै कमी आएको छैन । ४८ बर्षीय दासले यो चाट हाउ सञ्चालन गर्नु भन्दा पहिला पत्रकारिता क्षेत्रमा काम गरेका थिए ।

पत्रकारिता क्षेत्रमा दास :

"मैले यस होटल थाल्नु भन्दा पहिला हिमायती मासिक पत्रिमा काम गरे । अहिलेको जस्तो सजिलो पत्रकारिता क्षेत्रमा थिएन । मलाई मन पर्छ पत्रकारिता क्षेत्र । हिमायती मासिक पत्रिका पछि तेस्रो पत्र डटकममा पनि काम गरे । संघर्ष गरे अनुसारको पारिश्रमीक भने पत्रकारिता क्षेत्रमा हुदैन । सायद एउटा कारण यो पनि बनिदियो मैले पत्रकारिता क्षेत्रलाई छोड्नुको" उनि आफ्नो पत्रकारिता क्षेत्रको अनुभव सुनाउछन्

लोकप्रिय "हाउ मच ?"

लभ्ली चाटको अर्को विशेषता भनेको त्यहाँ आएका ग्राहकलाई खाजा भएपछी बिल बुझाउने बेला काउन्टरमा बसेका मानिसले आफ्ना सहयोगलाई कति पैसा भयो भनेर सोधिने अंग्रेजी शब्द ""हाउ मच ? " अर्थात् कति पैसा भयो ? यस शब्द लभ्ली चाट हाउस जाने सबैलाई याद हुने शब्द हो ।

विगत देखि आजसम्मका अनुभव :

"पहिला बजार सानो थियो होटलहरु प्रशस्त थिएनन् । दिनदिनै बजार बढदै गयो । व्यापारहरु फस्टाउदै गए । ठुला सुविधासम्पन्न होटल रेस्टुरेन्ट खुले । तर हाम्रा ग्राहकहरुमा कुनै कमि आएको छैन । पहिला जस्तो थियो आज पनि हाम्रो होटल त्यस्तै भीडभाड  रहेको छ । त्यहि भएर पनि हामीले यस होटललाई बढाउने सोचेका छौ । " उनि गर्वको साथ बताउछन ।

"यहाँको चाट र डोसा धेरैले मन पराउनु हुन्छ । पहिलाको स्वाद र आजको स्वादमा हाम्रो कुनै फरक छैन । हामी हाम्रो ग्राहकहरुको सन्तुष्टि प्रति वफादार छौ र खानाको गुणस्तरमा कन्जुस्याई गरेका छैन ।"

उक्त चाट हाउसमा एक पटक आएको मानिसले यहाँको खाजा खाना फेरी अर्को पटक पनि आउने गरेको उनि सुनाउछन  ।

१५ जना कामदारहरु रहेको यस लभ्ली चाट हाउसको लोकप्रियता विगत देखि वर्तमानसम्म एकै प्रकारको रहेको रहेको छ । विहान ८ बजे देखि सञ्चालन भएको चाट हाउस बेलुका ९ बजे सम्म सञ्चालन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्