टी ट्वान्टीको विश्व वरियतामा नेपाल तीन स्थान तल खस्कियो

टी ट्वान्टीको विश्व वरियतामा नेपाल तीन स्थान तल खस्कियो

काठमाडौं, फागुन २० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले जारी गरेको नयाँ वरियता क्रममा नेपाल तीन स्थाल तल झर्न पुगेको हो ।

आईसीसीले टी ट्वान्टीको नयाँ वरियता मंगलबार सार्वजनिक गरेको छ । यसअघि १२ औं स्थानमा रहेको नेपाल नयाँ वरियता बमोजिम १५ औं स्थानमा झर्न पुगेको हो । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार दुई खेलमा कमजोर प्रदर्शन गरेको छ । मलेसिया र हङकङसँग बेहोरेको हारको नतिजा आईसीसीको नयाँ वरियतामा देखिएको हो ।
नयाँ वरियता बमोजिम पाकिस्तान शिर्ष स्थानमा यथावत छन् ।

दोस्रो स्थानमा अष्ट्रेलिया, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा भारत र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेको छ । नेपालभन्दामाथि स्कटल्याण्ड, आयरल्याण्ड र यूएई पुगेको छ । यूएईले वेस्टर्न रिजन कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि ऊ १४ औं स्थानमा उक्लिएको छ । नेपालभन्दा मुनि नेदरल्याण्ड्स र पपुवान्यूगिनी पुगेको छ । यसअघि १७ औं स्थानमा रहेको ओमान पनि एक स्थान गुमाएको छ ।

नेपालले इस्टर्न रिजन टी ट्वान्टी कप क्रिकेट प्रतियोगितामा दुई खेल अझै खेल्न बाँकी नै रहेको छ । नेपालले आफ्नो आगामी दुई खेलमा सिंगापुर र थाइल्याण्डको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्