कोरोना भाइरसको संक्रमण : जापानले टोक्यो ओलम्पिक स्थगन गर्न सक्ने

कोरोना भाइरसको संक्रमण : जापानले टोक्यो ओलम्पिक स्थगन गर्न सक्ने

एजेन्सी
काठमाडौं, फागुन २० गते । जापानका ओलम्पिक मन्त्री सैको हाशिमोटोले यसैवर्ष आयोजना गर्न लागेको टोक्यो ओलम्पिक स्थगन गर्न सक्ने बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँग गरिएको अनुबन्धन बमोजिम जापानले ओलम्पिक स्थगन गर्नसक्ने अधिकार राखेको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जापानको टोक्योमा जुलाइ महिनामा आगामी संस्करण गर्ने निर्धारण गरेको छ । आईओसीसँगको अनुबन्धन बमोजिम सन् २०२० भित्र ओलम्पिक आयोजना गर्नुपर्नेछ । कोरोना भाइरसको संक्रमणले विश्व राष्ट्र प्रभावित भइरहँदा जापानी संसदमा उठेको सबाल जवाबको क्रममा मन्त्री हाशिमोटोले प्रष्ट्याउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्