कोरोना भाइरसका कारण विराटनगरमा सर्जिकल मास्क अभाव, कालो बजारी हुन थाल्यो (भिडियो पनि)

कोरोना भाइरसका कारण विराटनगरमा सर्जिकल मास्क अभाव, कालो बजारी हुन थाल्यो (भिडियो पनि)

प्रेम देवान
विराटनगर । चीनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका ५८ वटा मुलुकमा फैलिसकेको छ । नेपालमा पनि मेत बजारमा अभाव देखिन थालेको छ ।
यसको प्रभाव विराटनग केही व्यक्तिमा कोरोना भाईरसको आशका गरिएको छ ।
कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने सर्जिकल माक्स एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिन थालेको छ ।

यसको प्रभाव विराटनगरका सरकारी अस्पतालदेखी निजी अस्पतालमा समेत अभाव खड्किन थालेको छ । चाईनामा देखिएको कोरोना भाइरसका कारण काठमान्डौबाट सप्लाई हुन छाडेपछि कोशी अस्पतालमा मास्कको अभाव हुन थालेको कोशी अञ्चल अस्पताल विराटनगरका मेडिकल स्टोरका खरिदार बन्द्री बस्नेतले बताउनु भयो ।
अस्पतालमा डाक्टर र नर्सले प्रयोग गर्दै आएको मास्क महिनामा एक हजार भन्दा खपत हुने मास्क अहिले शुन्य नै रहेको बस्नेत बताउछन् । कोशी अस्पतालमा कसैलाई आवश्यक पर्यो भने पनि ठूलो समस्या आईपर्ने बस्नेतको भनाई छ ।
कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ । चीनबाटै नेपाल आयात गरिँदै आएको मास्क पछिल्ला दिनमा नेपाल भित्रन छाडेपछि अस्पतालहरुमा यसको अभाव देखिन थालेको हो ।
मास्क बिक्रेताका अनुसार, कोरोना भाइरस देखिनु अघि मास्कको माग खासै थिएन । तर, दुईसातादेखी मास्कको माग अत्यधिक बढेको बताउछन् ।
चाईनामा बनेको मास्क चाहिनामा नै आवश्यक परेका कारण चाईनबाट आउन छाडेपछि विराटनगरमा पनि यसको अभाव देखिएको औषधी थोक विक्रेता ड्रग ईम्पोरियमका संचालक  मुकुल अग्रवालले बताउनुभयो । कम्पनीमा मै नभएका कारण आफूहरु कहाँ पनि आउन नसकेको अग्रवाललको भनाई छ ।
बजारमा सर्जिकल माक्स लगाएर हिड्ने अहिले कमै देखिन्छन् । सर्जिकल माक्स कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने भएका कारण आमसर्वसाधरणले यसको बढी प्रयोग गर्दै आएका थिए ।


माक्स ठूला अस्पतालमा मात्र हैन विराटनगरका फार्मेसी पसलमा समेत अभाव भएको व्यापारीहरु बताउछन् । मास्क अभाव हुन् थालेपछि बजारमा केहि व्यापारीहरुले भने कालो बजारीको फाइदा उठाउदै दोब्बर महँगो मूल्यमा मास्क बेच्न थालेका छन् । ५ रुपैयामा पाईने मास्क अहिले २० देखी ३० सम्म बेच्न गरेको पाइएको छ । कम्पनीबाट मास्क आउनै छाड्यो भन्दैमा दोब्बर मूल्यमा बेच्न त भएन नी । यसको सम्बन्धीत निकायले चाडै अनुगमन गर्नु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्