प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज (बुधबार) बिहान गरिँदै छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार नै विज्ञप्तिमा जारी गर्नुहुँदै प्रत्यारोपण तयारी पूरा भएकाे जनाकरी दिनुभएकाे थियाे । प्रत्यारोपणका लागि मंगलबार नै आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभएकाे छ ।

दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ ।

युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।

यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ । भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्