विराटनगरमा गाउँघरको तरकारी बटुलेर बेच्दै चिसुदु ऋषिदेव, केराको बुङ्गा बेच्दै जीवन धान्दै

विराटनगरमा गाउँघरको तरकारी बटुलेर बेच्दै चिसुदु ऋषिदेव, केराको बुङ्गा बेच्दै जीवन धान्दै

विराटनगर, फागुन २१ गते ।

झिसमिसेमै विराटनगर अस्पताल चौकमा भेटिनु हुने मोरङ जहदा गाउँपालिका–४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घरघरमा डुल्नुहुन्छ । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैँ बसाउनु भएको भने हैन ।
बुबाकै पालादेखि सुरु भएको दैनिकी ४० वर्षयता निरन्तर छ ।

गाउँघरको तरकारी किनेर सहरका चौकमा चारघण्टा बस्दा ऋषिदेवको दैनिक जीविकोपार्जनसँगै तालिका बन्ने गरेको छ । गाउँघरमा खासै महìव नदिइने केराको बुङ्गा (फूल) सहरका घरमा सजिलै स्वीकारिने गरिएपछि ऋषिदेवले पछिल्लो पाँच वर्षदेखि आफ्नो कमाई खाने पेसा बुङ्गामा केन्द्रित गर्नुभएको छ । गाउँभरका बुङ्गा किनेर सहरमा ल्याउँदा नाफा पनि आश लाग्दै हुने गरेको छ । गाउँका बुङ्गा सहरमा महँगा, ऋषिदेवले भन्नुभयो, तराई समुदायका घरहरूमा केराको बुङ्गालाई खासै ध्यान दिइँदैन तर सहरमा यसको निकै महìव छ ।

गाउँघरमा किन्दा बुङ्गाको आकार हेरेर मूल्य कायम हुने गरेको छ । विराटनगरमा बुङ्गा व्यापारी ऋषिदेवसँग खरिद गर्ने उपभोक्ताले पनि आकार हेरेरै दाम दिन्छन् । सानो बुङ्गाको २५ रुपियाँ पर्दछ, ऋषिदेवले भन्नुभयो, गाउँघरबाट जति बुङ्गा लिएर आए पनि फर्काएर जानु पर्दैन, दैनिक ५० वटासम्म बुङ्गा बिक्री गरेर घर फर्केको दिन पनि छन् । आकार हेरेर ठूलोलाई ६० रुपिँयासम्म दाम दिएर उपभोक्ताले खरिद गर्ने गरेको बुङ्गाको गाउँघरमा १० देखि २० रुपियाँ मात्रै मूल्य पर्ने गर्दछ ।

जहदा गाउँपालिकासहित नजिकको ग्रामथान र रङ्गेली नगरपालिकासम्मको दक्षिणवर्ती गाउँ घुमेर बुङ्गा सङ्कलन गर्ने गरिएको छ । गाउँघरमा केराको बुङ्गा बिक्री गर्नुपर्ने भए ऋषिदेवलाई फोनमार्फत खबरसमेत गर्ने गरिएको छ ।

जहदा गाउँपालिका–१, जनता बाल आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र मण्डलका अनुसार त्यतिकै खेर जाने केराको बुङ्गा बिक्री हुन थालेपछि गाउँघरमा समेत यसलाई प्रयोगमा ल्याउन थालिएको छ । बुङ्गाको अचार, पकौडा र तरकारीसँगै सलादसमेत खानका लागि प्रयोग हुने गरेको छ । यसको विशेष परिकारका रूपमा अचार र पकौडा बढी प्रचलनमा रहेको छ ।

भान्सालाई उज्यालो बनाउने बुङ्गाले मानव शरीरलाई समेत धेरै फाइदा गर्ने सुनेका कारण प्राथमिकतामा राखेर किन्ने गरेको विराटनगर निवासी भावना शर्मा पौड्याल बताउनुहुन्छ । केराको फूलमा पोषक तìव र खनिज पदार्थ प्रशस्त पाइने हुनाले यसलाई मानिसले खाँदा लाभ हुने बताइन्छ । एक सय ग्राम केराको फूलमा ५१ ग्राम क्यालोरी, १.६ ग्राम प्रोटिन, ०.६ ग्राम चिल्लो, ९.९ ग्राम कार्बोहाइड्रेड, ५६ मिलिग्राम क्याल्सियम, ७३.३ मिलिग्राम फस्फोरस, ५६.३ ग्राम आइरन पाइने अध्ययनले देखाएको छ । यसैगरी कपर १३ मिलिग्राम, पोटासियम ५५३.३ मिलिग्राम, म्याग्नेसियम ४८.७ मिलिग्राम र भिटामिन ई १.०७ मिलिग्राम पाइने बताइन्छ ।

-गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्