पूर्वाञ्चल विश्वविद्यालय विराटनगर देखि गाठगाउँ सार्ने निर्णयको विरोध,नसचिए आन्दोनमा उत्रिने

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालय विराटनगर देखि गाठगाउँ</span> <span class='c2'>सार्ने निर्णयको विरोध,नसचिए आन्दोनमा उत्रिने</span>

विराटनगर फाल्गुन २१ ।

पूर्वाञ्चल विश्वविद्यालय विराटनगर देखि गाठगाउँ सार्ने निर्णयको विरोध गर्दै संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । विराटनगरमा बुधबार नेपाली कांग्रेसका महानगर कार्य समिति, विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपाने र समाजबादी पार्टीका कार्यावाहक सभापति मोहमद नसरुलले संयुक्तरुपमा पत्रकार सम्मेलन गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको विधानमा केन्द्रिय कार्यालय विराटनगरमा नै हुनुपर्ने व्यवस्था हुँदाहुँदै विश्वविद्यालय सार्न खोज्नु सरकारको नियतमा खोट रहेको उनीहरुको आरोप छ ।

नेपाली कांग्रेसका महानगर कार्यसमिति बिराटनगरका कार्यबाहक सभापति अरुण न्यौपानेले पत्रकार सम्मेलनमा बोल्दै भर्ने संघीयताको मर्म बिपरित बिराटनगरलाई नै कुरुप बनाउन खोजिएकाले बिरोध जनाएको हो ।’ गलत नियतले पूर्वाञ्चल बिश्वबिद्धालयको केन्द्रीय कार्यालय गोठगाउँ बिराटनगरबाट अन्त सारेर लगेपछि भबिषयमा अन्य कार्यालय सारेर बिराटनगरलाई उजार गर्न लागेको उनले बताए ।

समाजबादी पार्टीका नगर कमिटीका कार्यबाहक सभापति मोहम्मद नसरुलले पूर्वाञ्चल बिश्वविध्यालय बिराटनगरबाट सारियो भने बिराटनगर मृत सहर हुने बताएका छन् । उनले गोठगाँउमा सार्ने निर्णय नसचिए बिराटनगरको बुद्धिजिबि ,उधोगी ,ब्यापारी विभिन्न राजनितिक दल लगायतका ब्यक्तिहरु संग छलफल गरि संयुक्त आन्दोलन गर्ने घोषणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्