विराटनगरमा कोरोना भाइरस सम्बन्धी व्यापक छलफल, रानी बोर्डरमा नमुना संकलन केन्द्र राखिने

विराटनगरमा कोरोना भाइरस सम्बन्धी व्यापक छलफल, रानी बोर्डरमा नमुना संकलन केन्द्र राखिने

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंखास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गर्ने सम्मका लागि काम शुरु भएको छ ।

 

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि प्रदेश स्तरमा उच्च सर्तकता अपनाउने काम शुरु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
नेपाल कोरोना भाईरसको उच्च जोखिममा समावेश भएपनि अहिले त्रासदीपूर्ण अवस्था भने नभएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले उच्च सर्तकता अपनाउन भने आवस्यक रहेको बताउनुभयो । मन्त्री घिमिरेले प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको बताउनुभयो ।
कोरोना भाइरस संक्रमितको उपचारका प्रदेश नं. १ मा २८ वटा वेड तयारी अवस्थामा राखिएको छ । शंकास्पद व्यक्तिको नमूना संकलन देखि लिएर संक्रमितको तत्काल उपचारकालागि प्रदेश नंं १ का ४ वटा अस्पतालका २८ वेडलाई तयारी अवस्थामा राखिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले बताउनुभयो । विराट मेडिकल कलेजमा १२, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अस्पतालमा ५ वेड र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अस्पताल र ल्यावका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत प्रदेश सरकारले मिलाइएको छ । कोशी अस्पतालमा प्रदेश स्तरको आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र पनि स्थापना गरिएको छ ।
कोरोनाको संक्रमणको सावधानीका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताको संयोजकत्वमा एउटा प्राविधिक समिति पनि निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्