विराटनगर मिलनचोकमा दिनभरी के भयो ? पछिल्लो अपटेड (भिडियो सहित हेर्नुहोस )

विराटनगर मिलनचोकमा दिनभरी के भयो ? पछिल्लो अपटेड (भिडियो सहित हेर्नुहोस )

विराटनगर । विराटनगर(विराटचोक सडक खण्ड अन्र्तगत पर्ने विराटनगर १९ मिलन चोकमा बुधबार विहानैदेखी तनाव तनावग्रस्त भएको थियो । मंगलबार राती साढे ९ बजे मिलन चोक पुर्व सडकमा टिपरको ठक्करबाट २ जनाको घटना स्थलमा नै ज्यान गएपछिको आक्रोसित स्थाननियवासीले टिपरमा आगजनी गरे ।

पछिल्लो अपटेड, भिडियो सहित हेर्नुहोस

टिपरका ठक्करबाट अटोमा सवार हजुरबुबा र नातिनीको ज्यान गएपछि स्थानियवासीले राती नै टिपरमा आगजनी गरेका थिए । विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरको ठक्करबाट अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सविता सरदारको मृत्यु भएको थियो ।


पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई टिपरले ठक्कर दिँदा अटो चालक मोरङ ग्रामथान गाउँपालिका–२ बस्ने बाबुराम र उनको नातिनी सविताको घटनास्थलमै मृत्यु भएको थियो । एकै परिवारका दुई जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
उनीहरुले सडकको छेउमा रहेको रुख ढालेर सडक अवरुद्ध नै पारेका थिए । मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै दिनभरी नै टायर बालेर सडक अवरुद्ध पारेका थिए । घटना भएको छेउछाउका निजी विद्यालय तथा सरकारी विद्यालयहरु समेत आन्दोलनकारीहरुले बन्द गराएका थिए । आन्दोलनमा अधिकास साना बालबालिकाहरु प्रयोग गरिएका दृष्य देखिन्थे । बालबाबालिकाहरु हातमा लाठी र टायर बोकेर सडक अवरुद्ध पार्दै हिडेका दृष्य देखिन्थे । सडकका बालिएका टायर सुरक्षाकर्मीले हटाए पनि आन्दोलनकारीहरुले पुन सडकमा ल्याएर बाल्ने गरेका थिए । उता सडकमा तेर्साएका रुखहरु प्रहरीको टोलीले हटाए पनि पुन स्थानिय महिलाहरुले प्रहरीले हटाएको रुखहरु सडकमा विरोध गर्दै सडकमा नै राखेका थिए ।

अन्य कुनै पनि ठूलो अप्रिय घटना हुन नदिनको लागी मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । आन्दोलनकारीहरुले सडकमा नै राखिएको टिपरमा पुन आज आगजनी गर्दै टिपरमा तोडफोड गरेका थिए ।
सडकमा विहान नै देखि आन्दोलनकारीलाई साम्य बनाउन प्रहरीले निकै कसरत गर्नु परेको थियो । यता जिल्ला प्रहरी कार्यालय मोरङमा मृतकका आफन्त , टिपर व्यावसायी , प्रहरी र स्थानियवासीसँगको छलफल भएको मोरङ प्रहरी प्रवक्ता मानबहादु राईले बताउनुभयो । छलफलमा मृतकका आफन्तालाई क्षतिपुर्ती दिने सहमती गरिएको प्रवक्ता राईले जानकारी गराउनुभयो । टिपर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका–५ का ३३ वर्षीय हरेराम चौधरीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर काननी कारबाही अगाडी बढाईसकेको छ ।
यसरी पटक पटक टिपरका कारण आमसर्वसाधरणले कहिले सम्म ज्यान गुमाईरहने हो , आगामी दिनमा यस्ता घटना हुन नदिनको लागी यस विषयमा सम्बन्धी सरोकारवाले समय मै ध्यानदिनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्