विराटनगरमा रहेको क्यूएफएक्स हलमा कोरोनाबाट बच्ने सतर्कता

विराटनगरमा रहेको क्यूएफएक्स हलमा कोरोनाबाट बच्ने सतर्कता

क्यूएफएक्स चेनले चलचित्र हेर्न आउने दर्शकमा  कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कता अपनाएको छ । हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले जानकारी दिए ।

“चलचित्र हेर्न प्रवेश गर्नुभन्दा पहिला र पछि हामीले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेका छौं । काउन्ट र वाथरुममा राखेका छौं,” कार्यकारी अधिकृत रोशनले भने, “दर्शकले हात राख्ने रेलिङमा पनि स्प्रे गरेका छौं ।”

उनका अनुसार काठमाडौंका सबै हलमा आजबाट अपनाइएको यो सतर्कता भोलिसम्ममा देशभरका क्यूएफएक्सका सबै हलमा लागु गरिने छ । यद्यपि सेनिटाइजर लोसन, पाउडर र स्प्रे बजारमा अभाव रहेकाले केही समस्या भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्