टीभीएस यस वर्षको ईपीएल २०२० को लागि टाइटल स्पोन्सर

टीभीएस यस वर्षको ईपीएल २०२० को लागि टाइटल स्पोन्सर

काठमाडौं । टीभीएस यस वर्षको ईपीएल २०२० को लागि टाइटल स्पोन्सर बनेको छ । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने सम्झौता गरेको हो ।

प्रतियोगिता मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ ।

शीर्ष प्रायोजन गर्ने सम्झौतामा जगदम्बा मोटर्सका तर्फबाट साहिल अग्रवाल र ईपीएलको तर्फबाट आमिर अख्तरले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्