कोरोनाको त्रास : ईपीएल अनिश्चितकालका लागि स्थगित

कोरोनाको त्रास : ईपीएल अनिश्चितकालका लागि स्थगित

राजधानीमा यही चैत १ देखि आयोजना हुने भनिएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।

आयोजक ईपीएलले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको प्रतियोगिता अहिलेलाई स्थगित भएको जानकारी गराएको हो ।

विश्वभर माहामारिका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण प्रतियोगितालाई स्थगित गर्नुपरेको ईपीएलका एमडी आमिर अक्तरले बताए ।

ईपीएलको यो सस्करणमा विश्व चर्चित खेलाडीहरुले सहभागिता जनाउने कार्यक्रम थियो । जसमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकाका खेलाडी हसिम अमला, न्युजिल्यान्डका अलराउन्डर एन्डरसनलगायत खेलाडीले सहभागिता जनाउने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्