अपडेट :विराटनगर आएका भनी शंका गरीएका व्यक्ति टेकु अस्पतालको सम्पर्कमा आए

अपडेट :विराटनगर आएका भनी शंका गरीएका व्यक्ति टेकु अस्पतालको सम्पर्कमा आए

काेराेना संक्रमण भए नभएकाे परिक्षणका क्रममा अस्पतालाई सूचना नगरी बाहिर निस्केका नेपाली नागरिक सम्पर्कमा आएको अस्पतालले जनाएको छ ।  अस्पतालले उनी सम्पर्कमा आएको जनाएको छ । उनको मोबाइल बिराटनगरमा ट्रक गरिएको थियो भने उनलाई सम्पर्क गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिस्ठान जान आग्रह गरिएको छ ।

दक्षिण कोरिया बाट फर्केका एक युवा कोरोनाको आश‌कामा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।

बिहीबार विहान ती ब्यक्ति कसैलाई जानकारी नदिइ अस्पतालबाट सम्पर्कबिहिन भएका थिए । अस्पतालका प्रबक्ता डाक्टर अनुप बस्तोलाले ती ब्यक्तिलाई सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेकाे जानकारी दिए ।

उनी बुधबार साँझ अस्पताल आएकाे र राति अस्पतालमै बसेर बिहान एक्कासि सम्पर्कबिहिन हुन पुगेका थिए । उनलाइ कोरोनाको लक्षण नभएकाे र अस्पतालको सम्पर्कमा निरन्तर रहेको डाक्टर बास्तोलाले बताए । (अपडेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्